free website hit counter

भदौ १३ मा सगरमाथा इन्स्योरेन्सको साधारण सभा

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

काठमाडौं । मर्जरमा जाने विषेश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले २३औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने गरी २३औं वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १३ गते शनिबार १० बजे कम्पनीको प्रधान कार्यालय, नक्सालमा साधारण सभा बोलाउने निर्णय गरेको हो। साधारण सभाबाट कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तयारी गरेको छ।

Advertisement
Advertisement

कम्पनीले आर्थिक वर्ष २०७५–०७६ बाट लाभांश भने प्रस्ताव गरेको छैन। सो आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएसमा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको इन्स्योरेन्सले जनाएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार