free website hit counter

भाइवर र फेसबुकबाट खाता खोल्दा क्यास व्याक

beemaadmin
२०७७ जेष्ठ २८, बुधबार

काठमाडौं । भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु ५०० सम्मको नगद फिर्ता योजना एनएमबि बैंकले प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ । बैंकले यस योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहकको लागी सावधानीपूर्वक मोबाइल बैंकिङ्ग सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरेको छ । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरमै बसी ढुक्कसंग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ग्राहकलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खातारमुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार