free website hit counter

भारतमा ६०० बढी संक्रमित, मृतकको संख्या १३

beemaadmin
२०७६ चैत्र १३, बिहीबार

एजेन्सी। विशाल जनसंख्या भएको मुलुक भारतमा कोरोना संक्रमण फैलिन नदिन सरकारले कडा नियम लागू गरेकै कारण ज्यान गुमाउनेको संख्या अहिलेस १३ मै सीमित रोखको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् । बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ । भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार