free website hit counter

भिजन लुम्बिनीलाई आईपीओ निष्काशनको अनुमति

beemaadmin
२०८० भाद्र ७, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार भिजन लुम्बिनीलाई सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्न अनुमति प्रदान गरेको हो । भिजन लुम्बिनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कास्कीको माछापुच्छे गाउँपालिका स्थित २५ मेगावाट विद्युत क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार