free website hit counter

भिमप्रसादले लिए नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघको नेतृत्व

beemaadmin
२०७७ श्रावण ९, शुक्रबार

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघको अध्यक्षमा भिम प्रसाद घिमिर चयन भएका छन् ।

संघको २०७७ जेठ ३० गते सम्पन्न ११औं केन्द्रिय महाधिवेशनले उनलाई संघको अध्यक्ष सर्व सम्मत रुपमा नियुक्त गरेको हो । साथै, महाधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

नयाँ कार्य समितिमा उपाध्यक्ष श्रीमती दुर्गा देवी कार्की, महासचिव रत्न बिक्रम जिसी, सचिव मेघराज ढुङगाना, कोषाध्यक्ष तारा बहादुर खडका र सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपना कुमारी सिंह, कमला कूवंर, बिधात्री शाह र तुषार थापा चयन भएका छन् । कम्पनी र कर्मचारीबीच रहि आएको सौहाद्रपुर्ण समबन्धलाई कायम राखी कम्पनी र कर्मचारीहरुको हक हितलाई प्रवद्र्घन र सम्वर्धन गर्दै चनात्मक ढंगले अगाडि बढ्ने नवर्निवाचित कार्य समितिले जनाएको छ । नयाँ पदाधिकारीहरुलाई बिहीबारै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार