free website hit counter

भुटानी शरणार्थी प्रकरणको फाइल खोल्ने डीआईजीको भयो सरुवा

beemaadmin
२०८१ श्रावण १३, आईतवार

काठमाडौं। यहाँ सत्तापक्षका नेताहरुलाई अप्ठ्यारो पाने सुरक्षाकर्मी लखेटिन्छन् । भन्न त नेताहरुले अब भ्रष्टाचारका कुनै पनि घटनालाई छाडिन्न भन्छन् तर आफूलाई असहज हुने देखे भने प्रशासनमा आफूनिकट मानिस ल्याएर पनि आफू र आफन्तलाई बचाउने चलन नयाँ होइन । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका प्रहरी अधिकृतमाथि सरकारले सरुवाको डन्डा चलाएको छ। प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई विशेष ब्युरोको प्रमुखबाट हटाइएको छ। डीआईजीमा बढुवा भएपछि केसी डेढ महिनाअघि विशेष ब्युरोमा सरुवा भएका थिए। विशेष ब्युरो प्रतिआतङ्कवाद हेर्ने प्रहरीको विशिष्ट युनिट हो। गृहमन्त्री रमेश लेखक बनेपछि केसीको सरुवा हुन सक्ने चर्चा सुरु भएको थियो। केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएका बेला उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइनल खोलेका थिए। यो मुद्दामा पूर्व गृहमन्त्री बालकृष्ण खाण समेत पक्राउ परेका थिए। त्यसबाहेक बहालवाला सचिव र उच्च राजनीतिक तहका व्यक्तिहरु पक्राउ परेक थिए। पछिल्लो समय पक्राउ परेका बेचैन झालाई केसीले नै समातेर नेपाल ल्याएको र तत्कालिन प्रतिपक्षी नेपाली कांग्रेसलाई हल्लाउन खोजेको आशंका रहँदै आएको थियो। स्रोत अनुसार केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य विमान दुर्घटना भएकै दिन सरुवा गरिएको थियो। गृह मन्त्रालयले केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ र त्यहाँ रहेका राजन अधिकारीलाई विशेष ब्युरो पठाइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार