free website hit counter

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी

beemaadmin
२०८० आश्विन १३, शनिबार

काठमाडौँ । सूर्य नेपालको उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ ।मंगलदीप पूजा अगरबत्ती ग्राहकहरुको आवश्यकताहरुलाई आत्मसाथ गरी विभिन्न सुगन्ध तथा प्याक साइजहरुमा उपलब्ध छन् । यी उत्कृष्ट उत्पादनहरुलाई सशक्त रुपमा ग्राहकहरुमाझ पु¥याउन तथा आफ्नो उत्पादनहरुको प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले बताएको छ । नेपाली सिने जगतमा विभिन्न चलचित्रहरुमा आफ्नो अभिनय गरिसकेकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरु गर्ने अभिप्रायका साथ मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ । अभिनेत्री सिवाकोटीले आफूपनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएको हुनाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्ड सँग सहकार्य गर्न पाउँदा औधी खुशी लागेको बताइन् । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायतका उत्पादनहरु बजारमा उपलब्ध छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार