free website hit counter

मदन खरेलले निगम छाडे

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । झापाली हुनुको योग्यताकै आधारमा नेपाल वायुसेवा निगमका अध्यक्ष पदमा पुन नियुक्त भएका मदन खरेलले फेरि पद हटेका छन् । मन्त्रीले कार्य प्रगति माग्न थालेपछि खरेलले फेरि पदबाट राजीनामा दिएका छन । उनले आइतबार पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि २०७० साल जेठमा पनि चार वर्षका लागि महाप्रवन्धक बनेका खरेल कार्यक्षमताकै कारण एक वर्षपछि नै राजीनामा दिएर बाहिरिएका थिए ।

झापाली भएकै नाताले प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरि महाप्रवन्धक सुगतरत्न कंशाकारको भूमिका ओझोलमा पारेका थिए ।
कंशाकारको कार्यकारी भूमिका खोसिए पनि बाँकी रहेको ८ महिने कार्यकाल पुरा गरेर मात्र बाहिरिएका थिए ।
खरेललाई वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको भए पनि उनले त्यो जिम्मेवारी पूरा गर्न नसकेपछि उनीमाथि चौतर्फी दबाव थपिएकोथियो ।
प्रभावकारी काम गर्न नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न दबाव दिँदै आएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार