free website hit counter

मदनकृष्ण फेरि अस्पताल भर्ना

beemaadmin
२०७८ बैशाख २३, बिहीबार

काठमाडौं। कोरोना जितेर डिस्चार्ज भएकाकलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अक्सिजन लेभल घटेपछि बुधबार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक श्रोतले जनाएको छ। कोरोना संक्रमण भएपछि १० वैशाखमा उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि १७ वैशाखमा अस्पतालबाट उनी घर फर्किएका थिए। घर फर्किएको दिन डिसी नेपालसँग कुरा गर्दै श्रेष्ठले यसपालीको कोरोना निकै अप्ठ्यारो रहेको भन्दै सचेत हुन आग्रह गरेका थिए। त्यतिबेला निकै भावुक बनेका उनले सबै मिलेर कोरोनाविरुद्धको लडाइँ लड्नुपर्ने बताएका थिए।

सम्बन्धित समाचार

निर्वाचनको समिक्षा गर्दैछ एमाले

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार