free website hit counter

मध्यराति पार्किङ गरेको बसभित्र दुई जोडि समातिए

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

धनगढी । पार्किङमा राखिएको बसभित्र २ जोडी युवायुवतीलाई मध्यराति प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीसहित अर्का २ जना युवती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । बसभित्र हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए त्यही सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । परेका चार जनामध्ये एकजना सोही बसका सह चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई युवतीहरुले भने आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार