free website hit counter

मन्त्रालयका प्रतिनिधि नआउँदा पानी जहाज ऐन अगाडि बढेन

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । पानी जहाज ऐन २०७६ को मस्यौदालाई अन्तिम रुप दिनका लागि शुक्रबार बिहान बसेको बैठकमा प्रस्तावित ऐनका बारेमा व्यापक छलफल भएको बुझिएको छ । मस्यौदालाई अन्तिम रुप दिने प्रयोजनका लागि गठित निर्देशक समितिका संयोजक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिला बज्राचार्यको संयोजकत्वमा मन्त्रालयमा बसेको बैठकमा सदस्यसचिव एवं पानी जहाज कार्यालयका कामु रजिष्टार बिपिन राजभण्डारीले प्रस्तावित कानुनका मस्यौदाका बारेमा उपस्थित सदस्यहरुसमक्ष ब्रिफिङ गरेका थिए ।

कानुन मन्त्रालयका प्रतिनिधि पुरुषोत्तम नेपाल काठमाडौं बाहिर रहेको र भौतिक पूर्वाधार मन्त्रालयका कानुन उपसचिव शम्भु कार्की अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि प्रस्तावित मस्यौदाका बारेमा प्रतिक्रिया लिने कार्य स्थगित भएको थियो । आगामी बुधबार बस्ने बैठकमा मस्यौदाबारे अझै विस्तृत रुपमा छलफल हुने बताइएको छ । निर्देशक समितिको सदस्यहरुमा उपसचिव पुरुषोत्तम नेपाल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रहेका छन् भने सदस्य सचिवमा पानीजहाज कार्यालयका कामु रजिष्टार बिपिन राजभण्डारी छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार