free website hit counter

मन्त्रिपरिषद्ले खोस्यो अध्यक्षको कार्यकारी अधिकार

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । सरकारले अध्यक्षसँग भएको कार्यकारी अधिकार खोसेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झालाई २०७३ फागुन १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी अधिकार दिएको थियो । तर वर्तमान सरकारले झालाई दिएको कार्यकारी अधिकार खोस्दै सदस्यसचिवलाई सुम्पेको छ । मन्त्रिपरिषद्को गत सोमबार सम्पन्न बैठकले डा. प्रदीप ज्ञवालीलाई सदस्यसचिव नियुक्ति गर्दै कार्यकारी अधिकार सदस्यसचिवमा सारेको थियो । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाका पालामा नियुक्त भएका झाको कार्यकारी अधिकार खोसेसँगै उनी सेरेमोनियल भूमिकामा मात्र रहने छन् । नवनियुक्त ज्ञवाली सत्तापक्ष राजनीतिक दलसँग निकट मानिन्छन् । यसअघि पनि उनी परिषद्का सदस्यका रुपमा काम गरिसकेका थिए । ज्ञवालीले बिहीबारै पद बहाली गरिसकेका छन् । त्यस्तै बैठकले नेपाल नर्सिङ परिषद्को रिक्त सदस्यमा भारती भेटवाललाई नियुक्त गरेको छ । स्वास्थ्यले नै लगेको अर्को प्रमुख विशेषज्ञ पदको नियुक्तिमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय लिन सकेन । प्रमुख विशेषज्ञ नियुक्तिका लागि यसअघिनै स्वास्थ्य मन्त्रालयले डा. रोशन पोखरेल, डा. भीमसिंह टिंकरी, डा. केदार सेन्चुरी, डा. दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिश गरी नाम पठाइएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार