free website hit counter

मन्त्रिमण्डल परिवर्तनसँगै नयाँ निवासमा प्रधानमन्त्री ओली

beemaadmin
२०७६ मंसिर ५, बिहीबार

काठमाडौं । मन्त्रिमण्डल फेरबदल गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास पनि परिवर्तन गरेका छन् । प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवास चरणबद्ध रुपमा भत्काएर नयाँ बनाउने प्रयोजनका लागि प्रधानमन्त्री ओली नयाँ निवासमा स्थानान्तरण भएका हुन् । प्रधानमन्त्री निवासको झिटी गुण्टा बुधबार साँझ सारिसकिएपछि हिजै साँझबाट प्रधानमन्त्री ओली यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना बस्दै आएको बालुवाटारकै निवासमा बस्न थालेका छन् । राष्ट्रियसभाका अध्यक्ष भने प्रधानमन्त्रीलाई निवास खाली गरेर दुई हप्ता अघि नै निलम्बित सभामुख कृष्णबहादुर महराको निवासमा सरेका थिए । यौन दूव्यर्वहारको आरोपसँगै गिरफ्तारीमा परेपछि पूर्व सभामुख महराको परिवार सरकारी निवास छाडेर डेरामा सरेपछि उक्त निवास खाली भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार