काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उक्त सभा आगामी २०८२ माघ १४ गते बुधबार हेटौँडास्थित होटल एभोकाडो अर्किड रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ। आगामी साधारणसभामा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ। सभामा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने तयारी छ । दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन डीएलए प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ को सेयर स्वाप रेसियो स्वीकृत गरिने पनि कम्पनीले जनाएको छ । मर्जरपछि एकीकृत संस्थाको नाम ‘पोखरा फाइनान्स लिमिटेड’ राखिने भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले २०८२ पुस २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। सोहीअनुसार २०८२ पुस २६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र उक्त साधारणसभामा सहभागी भई मतदान गर्न सक्नेछन्। यसैबीच, पोखरा फाइनान्सले पनि साधारणसभा बोलाएको छ । फाइनान्सको सभाले पनि मर्जरसम्बन्धी एजेन्डा पारित गर्नेछ ।