free website hit counter

मर्जरको निर्णयसहित सकियो युनाईटेड ईन्स्योरेन्सको साधारणससभा

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

 

काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७४–०७५ को २५औं बार्षिक साधारण सभा मर्जरमा जाने निर्णयसहित सम्पन्न भएको छ । कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले विशेष प्रस्ताव समेत परित गरेको छ ।

आव २०७४–०७५ बार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहको विवरणलगायत वित्तिय विवरणहरु पारित गर्दै आगामी आव २०७५–०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भएको जनाइएको छ ।

त्यसैगरि बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले भविष्यमा कुनै निर्जिवन बिमा कम्पनीहरुसँग एक आपसमा भाग्ने तथा गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न तथा पारिश्रमिक तोक्नेलगायत मर्जरसम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार