free website hit counter

महारानीको आदेशपछि ह्यारी र मेगनको शाही उपाधि हट्यो

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आफ्नो समय बेलायत र उत्तर अमेरिकामा बिताउने घोषणा गरेका बेलायती राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा बकिङघम दरबारले गरेको छ ।
राजपरिवारमा लामो छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले त्यसलाई मन्जुरी दिएकी छन् । अब ह्यारी र मेगनले शाही उपाधि प्रयोग गर्ने छैनन् भने नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् । नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुबाट लागू हुनेछ । दरबारका अनुसार शाही उपाधि हटेपछि उनीहरुले पाउने सैन्य पद पनि हट्नेछ । बेलायतकी महारानी एलिजाबेथले थप स्वतन्त्र जीवन जीउने ह्यारी र मेगनको चाहनालाई समर्थन गर्ने बताएकी छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार