free website hit counter

महालक्ष्मी बैंक र ईसेवाबीच सम्झौता

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रालिबीच समझदारी भएको छ । यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन् । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।
उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपे प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका थिए । बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने कुरा जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार