free website hit counter

महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण तालिम

beemaadmin
२०७६ फाल्गुन १९, सोमबार

कैलाली । प्रदेश नम्बर ७ प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम कार्यक्रमको आयोजना गरेको छ । धनगढीमा आयोजित कार्यक्रममा इन्स्योरेन्सले फागुण १७ गते प्रदेश ७ अन्तर्गतका ७ वटा शाखा उपशाखामा कार्यरत २० जनाभन्दा बढी कर्मचारीलाई उक्त तालिम दिएको हो ।
तालिममा गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यामबाट सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरु कुन–कुन हुन्, नियन्त्रणका प्रक्रियाहरु के–के हुन्, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरिवाना कति छ आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले दिएको उक्त तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रीय प्रमुख हर्कबहादुर बोहोराको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार