free website hit counter

माछापुच्छ्रे क्यापिटलले पायो अनुमति

beemaadmin
२०७६ माघ १०, शुक्रबार

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसाय गर्ने अनुमति पाएको छ । मर्चेन्ट बैंकरको रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति माग गरेबमोजिम माछापुच्छे क्यापिटललाई अनुमति दिइएको हो ।

यस अनुमति पश्चात माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।

चुक्ता पूँजी २० करोड रहेको यस माछापुच्छ्रे क्यापिटलले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराए ।
यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जानकारी गराए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार