free website hit counter

माछापुच्छ्रेको लाभांश १०.४ प्रतिशत

beemaadmin
२०७७ आश्विन २, शुक्रबार

काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले १०.४ प्रतिशत लाभांश दिने जनाएको छ । कुल लाभांश मध्ये ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांस दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकको घोषणाको कार्यान्वन नेपाल राष्ट्र बैंकले स्विकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि हुनेछ । बैंकको चुक्ता पुँजी झण्डै साढे ८ अर्ब रुपैयाँ छ । बैंकले गत बर्ष एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार