free website hit counter

माधव नेपाल र चोलेन्द्र श्रीमानको पद धरापमा पार्ने फेरि पेशी सर्यो

beemaadmin
२०७८ फाल्गुन १, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको पद धरापमा पारेको मुद्दामा फेरि पेशी सरेको छ । एमाले अध्यक्ष केपी ओलीले आफ्ना पूर्व महासचिव र अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालसहित १४ भाइको साँसद पदरिक्तता निम्ति हाल्नु भएको मुध्दामा आज फेरि पेशी सरेको छ । यस मुध्दाको प्रतिरक्षामा खटिएका ५ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले स्वास्थ्य प्रतिकूलताका कारण बहसमा भाग लिन असमर्थता जनाउँदै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चको ५ नम्बर इजलासले यसको पेशी सार्न मन्जुरी जनाएको हो ।यसअघि इश्वर खतिवडा र कुमार रेग्मी श्रीमानको संयुक्त इजलासले प्रस्तुत मुध्दाको सुनुवाइ भैसकेको कजलिस्टमा जनाउँदै अब निर्णय आउन मात्रै बाँकी रहेकोे आशय झल्कने विवरण वेवसाइटमा राखेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार