free website hit counter

माधव नेपालसहितको एमाले स्थायी कमिटी बैठक बस्दै

beemaadmin
२०७८ जेष्ठ ३१, सोमबार

काठमाडौं । उत्कर्षमा पुगेपछि झर्ने नै हो । सगरमाथाको शिखर चुमेर त्यही रहन सकिँदैन । सत्ता उन्मादले पार्टी समेत भताभुंग बनाएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सबैतिरबाट पराजित हुँदै जान थालेपछि सिताङ्ग भएका छन् । सत्तारुढ नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षका मागमा लचकता अपनाउँदै २०७५ जेठ २ कै संरचना अनुसार स्थायी कमिटीको बैठक डाक्ने तयारी गरेको छ। आफ्ना हरेक कदम विफल हुँदै गएपछि कमजोर महशुस गर्न थालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका हुन्। एमाले श्रोतका अनुसार असार २ गते बैठक डाक्ने तयारी भइरहेको छ। यद्यपि, आधिकारिक पत्राचार भने भइसकेको छैन। पहिलो तहका नेता संवादका लागि तयार नरहेको अवस्थामा दोस्रो तहका नेताले लिएको पहल र पछिल्लो समय प्रदेशको सत्ता समीकरणमा भएको हलचलले एमालेलाई मिल्नका लागि थप दबाब बढाएको छ। प्रदेशको निर्वाचनपछि चारवटा प्रदेशमा एमालेको सरकार बनेको थियो। तर, एमाले विवाद बढ्दै जाँदा सबैभन्दा पहिला निकै बलियो मानिएको गण्डकी प्रदेश सरकारको नेतृत्व एमालेको हातबाट गुमेको छ। गण्डकीमा प्रतिपक्षी कांग्रेस सत्ताको बागडोर सम्हाल्न पुगेको छ। जसले अध्यक्ष ओलीलाई निकै झड्का दिएको उनका निकटस्थहरु बताउँछन्। यसबाहेक अन्य प्रदेशमासमेत विपक्षीले क्षेप्यास्त्र प्रहार गर्नसक्ने र त्यसमा एमालेकै असन्तुष्ट पक्षको साथ रहनसक्ने भएकाले बाँकी प्रदेशमा पनि एमालेले सत्ता गुमाउने डर ओलीलाई छ। त्यसैले ओली जेठ २ कै अवस्थाको बैठक राख्न तयार हुन लागेको बुझिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार