free website hit counter

मितेरीको बोनस हालसम्मकै कम

beemaadmin
२०७९ मंसिर १९, सोमबार

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। मितेरीले घोषणा गरेको बोनस शेयर हालसम्मकै कम हो। गत आर्थिक वर्षमा बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। जुन सो अवधिसम्मको सबैभन्दा कम बोनस शेयर थियो। मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार