काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले गत आव २०८०–८१ को चौथो त्रैमाससम्ममा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ६०.८४ प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ९ करोड ४४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्म संस्थाले ५ करोड ९३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ३०२६.६४ प्रतिशतले बढी हो । संस्थाको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च पनि ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार ९६.५५ प्रतिशतले बढेर १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ४ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४।७८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३।३९ प्रतिशतमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ईपीएस २४.२६ रुपैयाँ, प्रतिसयर नेटवर्थ १६५.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५५३.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५६.८५ गुणा र तरलता अनुपात ७.०९ प्रतिशत रहेको छ ।