free website hit counter

मिश्रविरुद्ध खनिए बाँस्कोटा

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

काठमाडौँ । अडियो प्रकरणपछि केही दिन सुस्ताएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अडियो रेकर्ड गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका हुन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएको भनिएको ‘अडियो टेप’ सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।
मिश्रले नै गत साता बुधबार बाँस्कोटासँग वार्तालाप भएको अडियो टेप सार्वजनिक गरेका थिए । उक्त टेप सार्वजनिक भएको भोलिपल्टै अर्थात गत साता बिहीबार बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार