काठमाडौं । फागु पूर्णिमाको अवसरमा मुक्तिनाथ विकास बैंकले ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तरगत चैत्र ६ देखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यहि अफर समय अवधि भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्नेछन् ।
यस होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निःशुल्क डीम्याट खाता पनि बैंकमार्फत् खोल्नसक्नु पर्नेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । विकास बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।