free website hit counter

मुक्तिनाथले ल्यायो ग्राहक विशेष लाभ योजना

beemaadmin
२०७७ श्रावण ८, बिहीबार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यस योजनामा अधिकांश कर्जा शीर्षकमा सीमित अवधिका लागि विभिन्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गरिएको छ ।

न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नहुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यस्तै कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत, विना सुरक्षण शुल्कमा लकर सुविधा समेत रहेको बैंकले जनाएको छ ।

यसका साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था समेत बैंकले गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार