free website hit counter

मुख्यसचिवमा डा अर्याल, बैरागी सुरक्षा परिषद्को सल्लाहकार

beemaadmin
२०८० जेष्ठ ३२, बिहीबार

काठमाडौं । सरकारले मुख्यसचिवमा डा।बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बहाल रहेका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गरिएको हो । हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ ।

बैरागी सुरक्षा परिषद्को सल्लाहकार
सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीले शपथसमेत गराइसकेका छन् । ३ महिनापछि मुख्यसचिवबाट अवकास पाउन लागेका बैरागीलाई सरकारले मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो । मुख्य सचिव हुनुअघि बैरागी परराष्ट्र सचिव थिए । त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिसमेत थिए । यस्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा। बैकुण्ठ अर्याललाई मुख्यसचिवका रुपमा नियुक्त गरेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार