free website hit counter

मुख्यसचिवले पद नछाड्दा क–कसलाई सकस ?

beemaadmin
२०७६ कार्तिक १६, शनिबार

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत बनाएर मुख्यसचिव पद खाली गर्ने सरकारी योजना विफल भएपछि मुख्यसचिवका दाबेदारका रुपमा रहेका गृहसचिव प्रेम राई अन्तत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने निश्चित जस्तै भएको छ । दशै अगाडि नै मुख्यसचिव रेग्मीलाई अष्ट्रियाको राजदूत बनाएर पठाउने निर्णय गरिएको भनिए पनि रेग्मीको व्यापक असन्तुष्टि र बाह्य दबावपछि उक्त निर्णय सार्वजनिक नै गरिएन । निर्णय सार्वजनिक नभएपछि रेग्मी मुख्यसचिवमै कायम रहेका थिए ।

गृहसचिव प्रेम राईको समूह नै लागेर रेग्मीलाई मुख्यसचिव पदबाट हटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपा शीर्ष नेताहरुमाथि दबाव सिर्जना गर्दै आए पनि सफल हुन सकेका छैनन् । यसअघि संघीय मामिला तथा स्थानीय विकास सचिव रहेका दिनेश थपलिया, गृहसचिव प्रेमकुमार राई, हाल राजश्व अनुसन्धान विभागका महानिर्देशक एवं प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत तत्कालिन सहसचिव बिनोद कुँवर प्रशासनिक संयन्त्र फेरबदलमा सक्रिय हुने गरेका थिए । कुन सचिवलाई कहाँ सरुवा गर्ने र विशिष्ट श्रेणीका कर्मचारीहरुलाई सरुवा गर्ने मामलामा यो समूह सक्रिय हुने गरेको दाबी विगतमा गरिँदै आएको थियो ।

थपलिया सचिवबाट अवकाशको तयारीमा रहेका बेला प्रमुख निर्वाचन आयुक्त बनेर गएका छन् भने कुँवर राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाइएका छन् । गृहसचिव राईलाई मुख्यसचिव बनाउने चर्चा विगतदेखिनै गरिँदै आएको भए पनि सफल हुन सकिरहेको छैन । रेग्मी पूरै समय मुख्यसचिव पदमा बहाल रहने अवस्था सिर्जना भएपछि राईलाई अख्तियारको रिक्त आयुक्त पदमा सिफारिश गर्ने तयारी भइरहेको छ । राई अख्तियार गए भने गृहसचिवमा संघीय मायिमला तथा स्थानीय विकास सचिव यादव कोइरालालाई लाने तयारी भइरहेको बताइन्छ ।

कोइराला सहसचिव हुँदा लामो समय गृहमा बसेर गृह प्रशासन बुझेका अनुभवी कर्मचारी हुन् । त्यसो त गृहसचिवमा जानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, उद्योग बाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्याल, शिक्षा सचिव महेश्वर दाहाल, रक्षासचिव रेश्मीराज पाण्डे, पर्यटनसचिव केदारबहादुर अधिकारीले समेत रुचि देखाएको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार