free website hit counter

मृतकका परिवारलाई सानिमा लाईफद्वारा २० लाख दावी भुक्तानी

beemaadmin
२०७७ श्रावण ५, सोमबार

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले एक मृतकका परिवारलाई २० लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले तनहु जिल्ला दमौली निवासी बीमित अ‍ैतकुमार श्रेष्ठको हृदयघातबाट ५४ बर्षको उमेरमा निधनपछि निजका हकवाला छोरा बुद्धि श्रेष्ठलाई कम्पनीले २० लाख ८० हजार रुपैयाँको चेक हस्तारण गरेको हो । करिब दुई वर्षअघि सानिमा लाईफ इन्स्योरेन्समा बीमा गराएका थिए । कूल २० लाख बीमाङ्कको बीमा गरेका श्रेष्ठले दोस्रो किस्ता बुझाई सकेको अवस्थामा निधन भएको हो । बीमा कम्पनीले बीमाङ्क रकममा बोनस रकम थप गरेर भुक्तानी गरेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिमिल्सिनाले सो रकम बराबरको चेक बीमितका छोरा बुद्धि श्रेष्ठलाई हस्तारण गरेका हुन् । चेक भने मृतकी श्रीमती रुपा श्रेष्ठको नाममा जारी गरिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार