free website hit counter

मेगा बैंकले पायो आइएसओ प्रमाण–पत्र

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ बैंकिङ सेवा दिँदै आएको मेगा बैंक नेपाल लिमिटेडले आइएसओ (९००१ः२०१५) प्रमाणपत्र प्राप्त गरेको छ ।
स्थापनाको छोटो समयमै लोकप्रिय संस्थाको परिचय बनाउन सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो ।
अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत प्रमाणपत्र प्रदान गरेको हो ।
तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ ।
मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार