free website hit counter

मेगाका ग्राहकलाई देशैभरका सिद्धार्थ ग्रुपमा विशेष छुट

beemaadmin
२०७७ फाल्गुन १९, बुधबार

काठमाडौं । व्यवसाय वृद्धिसँगै आफ्ना ग्राहकलाई सुविधा बढाउन अग्रसर मेगा बैंक नेपालका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुट हुने भएको छ । सो सम्बन्धी मेगा बैंक र सिद्धार्थ ग्रुपबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् । अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार