free website hit counter

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ३६२ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ श्रावण २३, बुधबार

काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३६२.५८ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ७४ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ७३ करोड १७ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ९७ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कर्मचारीका लागि ४७ करोड ९६ लाख र १३ करोड ८६ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९४ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९४ लाख रुपैयाँ छुट्टाएको थियो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड २५ लाख रुपैयाँ छुट्टाएको थियो । कम्पनीको रिटेन्ड अर्निङ १९ करोड ६२ लाख रुपैयाँ र रिजर्भको आकार ६० करोड २७ लाख रुपैयाँ रहेको छ । गत आवसम्म कम्पनीको रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँमा सीमित थियो। ३ अर्ब ४० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १३ अर्ब ८५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १४.८७ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस १६.६३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६०.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ११८.१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.०८ गुणा र तरलता अनुपात ५.४७ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार