free website hit counter

मेरो माइक्रोफाइनान्सद्वारा बीमा रकम हस्तान्तरण

beemaadmin
२०८० श्रावण १७, बुधबार

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वत्तिीय संस्थाले संस्थाका सदस्य लक्ष्मी देबि सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दावी बापत ५ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए । मेरोमाइक्रोफानान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा(चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मि देबि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा(चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार