free website hit counter

मेशिनमा च्यापिएर गयो जापानमा एक नेपाली युवाको ज्यान

beemaadmin
२०७७ कार्तिक १८, मंगलवार

जापान। जापानमा यामानासी केनको फुएफुकी शहरमा प्रेस मेशिनमा टाउको च्यापिएर एक नेपाली युवाको मृत्यु भएको छ। फुएफुकी शहरस्थित एक फलाम कम्पनीमा कार्यरत २७ वर्षीय सन्तोष दाहालको निधन भएको हो।

समाचार अनुसार नोभेम्बर २ तारिख बिहान ११ बजेको समयमा सो घटना भएको हो। स्वाइ सेईकी मुख्यालयको योनेकुरा कारखानामा रहेको धातु प्रशोधन कम्पनीमा एक कामदार च्यापिएको देखेपछि सँगै काम गर्दै आएका अर्का कर्मचारीले अग्नि नियन्त्रण कार्यालयमा फोन गरेका थिए।

प्रहरी र उद्दारकर्मीहरुले दाहालको उद्दार गरि फुएफुकी शहरमा रहेको अस्पताल पुर्याएपनि उनलाई तत्काल मृत घोषणा गरिएको थियो। प्रहरीका अनुसार घटना भएको समयमा निधन भएका दाहाल एक्लै काम गरिरहेका थिए। दुई मिटर अग्लो प्रेस मेशिनमा मेटल थिच्ने काम गरिरहँदा मेसिन अचानक ढल्न पुगेको जस्तो देखिएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान थालिएको प्रहरी भनाइ छ।
दाहाल श्रीमती र छोरीको साथमा सपरिवार जापानमा बस्दै आएका थिए। निधन भएका दाहालको नेपाल घर कास्की जिल्ला, साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत कयरबारी भएको खुलेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार