free website hit counter

मोडल खुस्बु ओली अदालतले सुनायो २ वर्ष कैद

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

काठमाडौं । प्रहरीको इन्काउन्टरमा मारिएका धादिङका डन दिनेश अधिकारी चरीसँग जानम जोडिएकी मोडल मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ। लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो। सप्तरीको राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल खुस्बु ओलीबीचको विवाद अदालत पुगेपछि ओलीविरुद्ध यस्तो फैसला आएको हो । झन्डै २ वर्षअघि ओलीले कटुवालसँग ३६ लाख रुपैयाँ लिएकी थिइन् । ओलीले उक्त रकमको सावाँ–ब्याजसहित फिर्ता गर्ने बाचा गरेबमोजिम कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन्। खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन्। उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेको भए पनि त्यसको दुई दिनपछि चेक साट्न जाँदा बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो। पटक पटकमो अनुरोध र लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका थिए । सोही मुद्दामाथि अदालतले गत जेठ ७ गते ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो। तर अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि जेठ १६ गते कटुवालले पुन फैसला कार्यान्वयन गरी पाउँ भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दायर गरेका थिए।
त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धीत वडामा पठाएको थियो । उक्त सूचना वडा कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको थियो। त्यसपछि पनि ओली सम्पर्कमा नआएपछि वडासचिवमार्फत् उनकै घरमा म्याद तामेली टाँस गरिएको थियो। अहिलेसम्म पनि प्रतिवादी ओलीको जायजेथा प्राप्त गर्न नसेको र उनी सम्पर्कमा समेत नआएको भन्दै वादी कटुवालले जरिवाना र बिगो बमोजिम कैद राखिपाउँ भन्दै गत पुस २८ गते जिल्ला अदालतमा पुन निवेदन दर्ता गराएका थिए। उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार