free website hit counter

मोदीको एकल बहुमत गुम्यो, एनडिएलाई २९२ सीट

beemaadmin
२०८१ जेष्ठ २३, बुधबार

काठमाडौं । भारतको १८ औँ लोकसभा चुनावको परिणाम सार्वजनिक भएको छ। जस अनुसार ५४३ सीटमध्ये भारतीय जनता पार्टी अर्थात भाजपा नेतृत्वको एनडिएले कुल २९२ सीटमा विजयी भएको छ भने कांग्रेस नेतृत्वको इण्डियाले २३३ सिट प्राप्त गरेका छन्। यद्यपि, भाजपाले बहुमत भने प्राप्त गर्न सकेन। भारतमा बहुमतका लागि २७२ सीट प्राप्त गर्नु पर्दछ। तर प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले २४० सीटमा मात्र विजयी हुन सफल भयो। यस अघिको लोकसभा चुनाव अर्थात सन् २०१९ को चुनावमा एनडिएले ३३५ सीट पाएको थियो। जसमा भाजपाले मात्रै ३०३ सीटमा विजय हासिल गरेको थियो। त्यस्तै, सन् २०१४ को लोकसभा चुनावमा एनडिए गठबन्धन ३३६ सीटमा विजयी हुँदा भाजपा २८२ सीटमा विजयी भएको थियो। एनडिएले आज सरकार बनाउने दाबी गर्न सक्ने बताइएको छ। जसका लागि उसले आफ्ना गठबन्धनका दलहरुको बैठक बोलाएको छ। भारतीय मिडिया अनुसार आज बिहान साढे ११ बजे ९भारतीय समय० मोदी क्याबिनेट बैठक बोलाइएको छ।

सम्बन्धित समाचार