free website hit counter

यस पटक नटार्ने भए वामदेवले ओली समूहको गर्जो

beemaadmin
२०७७ असार २१, आईतवार

काठमाडौं । सधैं आश्वासनमा पार्दै आफ्नो गर्जो टार्दै आएको नेकपा अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीको समूहले यस पटक पनि वामदेवलाई मनाउन हरसम्भव प्रयास गरेको छ । पार्टीको विवाद विभाजनकै अवस्थामा पुगेका बेला उपाध्यक्ष गौतमलाई रातभर फकाई फुल्याई गरेर अध्यक्षसम्मको प्रस्ताव गरिएको छ । नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओलीनिकट नेताहरूले मध्यराति करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरे पनि यस पटक वामदेव टसकोमस भएका छैनन् । खानपिनको व्यवस्थापसछ भएको वार्तामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग समेत संवाद गराएका थिए । गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, मावधकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई भने, मलाई भावी अध्यक्ष बन्ने अफर आयो । बहुदलीय जनवादको नेतृत्व गर्ने भनियो । तर, मैले धेरैपटक धोका पाएँ, अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएँ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार