free website hit counter

यसपालिको तिजमा गुलियो चाम्रे (रेसिपी)

beemaadmin
२०७७ भाद्र ४, बिहीबार

काठमाडौ । नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् । दरखाने दिनमा तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार, गुलियो चाम्रे दरका रुपमा खुवाउने चलन छ । यसपटक भने कोरोना महामारीका कारण भेला हुन रोक लगाइएको छ । तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ ।

कसरी बनाउने गुलियो चाम्रे 
आवश्यक सामान
अनतिको चामल एक केजी
घिउ २०० ग्राम
काजु, किसमिस, नरिवल १०० ग्राम
ल्वाङ पाँच पिस
पानी ७०० एमएल
सुकुमेल चार–पाँच पिस
चिनी ३५० ग्राम

बनाउने विधि
सफा कराहीमा घिउ तताउने । हल्का तातेपछि सुकुमेल, ड्राई फ्रुट फुराउने र आधा घण्टापहिला भिजाएर राखेको चामल हाल्ने । चामललाई विस्तारै–विस्तारै चलाउने । राम्रोसँग मुछिसकेपछि तताएको पानी हाल्ने र छड्किन थालेपछि आगोको आँच कम गरेर छोपिदिने । पानी सुक्न लागेपछि चिनी राखेर चलाउँदै जाने । चिनी राम्रोसँग मिक्स भएपछि छोपेर पकाउने । विस्तारै बिर्को खोली हेर्ने । राम्रोसँग पाकेको भए आगो बन्द गरेर सेलाउन दिने । अब तपाईंको चाम्रे तयार भयो । दूध, तरकारी वा अचारको साथ सर्भिस गर्ने ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार