free website hit counter

यसरी बनाऔं गुणकारी सुत्केरी मसला

beemaadmin
२०७७ असार १९, शुक्रबार

परापूर्व कालदेखि चलिआएको हाम्रो संस्कृति बनिसकेको सुत्केरी मसला एउटा विज्ञान हो । कमजोर सुत्केरीलाई भरिपूर्ण तागत प्रदान गर्ने यो मसला बनाउन त्यति गाह्रो पनि छैन । केही खर्चिलो भए पनि महंगा भिटामिन र हर्लिक्स खानु भन्दा यो परम्परागत सुत्केरी मसलाले महिलालाई निकै फूर्तिलो बनाउँछ ।

जाडोमा हरेक मानिसमा हाडजोड्नी दुख्ने समस्याहरु हुने गर्छ। त्यसैले सुत्केरी मसलामा उच्च पौष्टिक आहार हुने हुदाँ महिलाहरुको त्यस अवस्थाको कमजोर मांसपेसी एवम हाडजोड्नीवलियो बनाउनेका साथै बच्चालाई आमाको दुध प्रसस्त खुवाउन मद्दत गर्दछ। यो मसला अन्य कामकाजी महिलाहरुले पनि जाडो महिनामा सुत्केरी मसलाको प्रयोग गर्न सक्नुहुनेछ। आज हामी सुत्केरी मसला कसरी बनाउने भन्ने बारेमा केही टिप्स् बताउदैछौं।

चाहीने सामाग्रीः
– दालचिनी एक चिया चम्चा, ल्वाङसुक्मेलको धुलो एक चिया चम्चा, बेसार (हर्दी) एक टेवल चम्चा, जाईफलको धुलो एक चिया चम्चा, मरिचको धुलो एक चिया चम्चा, त्यसैगरी ४१५ ग्राम गुण, ५० ग्राम मेथी, ५० ग्राम ज्वानो, ५० ग्रम चम्सुर र ५० ग्रम सुप। त्यसैगरी ड्राईफुडमा ५० ग्राम हाडेबदाम, ५० ग्राम किसमिस, ५० ग्राम नरीवल, ५० ग्राम ओखर, ८० ग्राम काजु, ८० ग्राम पेस्टाचियो, ५० ग्राम बत्तिसाको धुलो, ५० ग्राम छोकडा, १०० ग्राम गुद, ३ कप खुवा (कुराउनी) र ६०० ग्राम घिउ।

बनाउने तरिकाः
सर्वप्रथम एउटा ठुलो भाँडो लिनुहोस् र त्यसमा डेढ लिटर दुध तताउनुहोस् फेरि अर्को अलि फराकीलो फ्राईपेन तताउनुहोस् र तातेको फ्रईपेनमा ज्वानो, मेथी, सुप र चम्सुरलाई मिडियम हिटमा राखेर हल्का ब्राउन हुनेगरी भुट्नुहोस्।
फेरी एउटा ठुलो फराकिलो कराईमा एक कप घिउ तताउनुहोस् र त्यसमा काजु, किसमिस, नरीवल, ओखर, छोकडा, पेस्टाचु, बदाम यी सबै चिजलाई मिडियम हिटमा राखेर ब्राउन हुनेगरि फुराउनुहोस् यसैगरी गुदलाई पनि फुराउनुहोस्। अव भुटेर राखेको मेथी, सुपहरुलाई मिक्चरमा राखेर पिस्नुहोस्। त्यसैगरी ड्राफुडलाई पनि पिस्नुहोस्। अव एउटा फराकिलो कराई लिनुहोस् र त्यसमा पुस्टकारी सुत्केरी मसला बनाउन सुरु गर्नुहोस्।

कसरी बनाउने ?
एउटा ठुलो र फराकीलो भाँडोमा दुई कप जती घिउ तताउने र तातेको घिउमा बत्तिसाको धुलो र बेसारलाई फुराउने अनि त्यसैमा तयार गरेर राखिएको मसलाको धुलो सबै राखेर मिक्स्गर्ने र त्यसमा गुदलाई पनि राख्ने। अव आफ्नो स्वाद अनुसार चिनी वा मह राख्नुहोस्। त्यसैगरी खुवा (कुराउनी) लाई पनि राख्नुहोस्। अव तताएर तयार गरीएको दुधलाई मसलामा लगाएर मजाले चलाउदै मिडियम हिटमा राखेर पकाउनुहोस् र तयार गरिएको ड्राईफुडलाई पनि त्यही लगाएर मजाले चलाउदै ५ मिनेट पकाउनुहोस्। यसरी बनाएको मसला लाई सुत्केरी मसला भनिन्छ।
अव तयार गरीएको मसलालाई चिसो बनाएर एउटा ठुलो बट्टामा स्टोर गर्न सक्नुहुनेछ र तयार भएको मसलालाई दिनको ३ पटक सुत्केरीलाई २ चम्चा दुध सग खानदिनुहोस् र आफु पनि खानुहोस्। यसले स्वास्थ्यलाई एकदम फाईदा हुने काम गर्दछ।

_________________________________________________________________

सुत्केरी मसलाका फाइदा

डा. अरुणा उप्रेती

हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्यौं । पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो । केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला, केटाहरूले यसको स्वाद लिएकोचाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता पर्दोरहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।
मेरी हजुरआमालाईचाहिँ परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्त्वले रगतको कमी हुन दिँदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिलेचाहिँ धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हड्डी बलियो हुन्छ, रगतको कमी हुन दिँदैन’ भन्नेजस्ता झुटा विज्ञापनमा विश्वास गर्छन् ।
यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो । यसमा कति पौष्टिक तत्व हुन्छ । थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमान्लाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि ? सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ? सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ । गुँदमा पाइने कार्वोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँंग घुल्दैन । हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान, भोजनलाई औषधि नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधि’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला । सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।

सम्बन्धित समाचार