free website hit counter

यसरी बाजी मारे गृहसचिवमा न्यौपानेले

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौँ । लामो रस्साकस्सी र दौडधूपपछि अन्ततः गृहसचिवमा महेश्वर न्यौपानेले बाजी मारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत न्यौपानेलाई पूर्व एमालेहरुको दरिलो साथ थियो भने प्रधानमन्त्री केपी शर्मा ओली पनि पछिल्लो समय उनी सकारात्मक बन्दै आएका थिए । सोही कारण उनी गृहमा आउन सफल भएका हुन् ।

उनलाई गृहसचिव बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासिला युवा नेता महेश बस्नेत लगायत पूर्व एमालेको ठूलै टिम खटेको थियो । भक्तपुर गुण्डु निवासी न्यौपाने महेश बस्नेतको निर्वाचन क्षेत्रका स्थानीय मात्रै होइनन् बस्नेतसँग निकै हितैसी सम्बन्ध रहेको छ । बस्नेत उद्योग मन्त्रालयको मन्त्री पद सम्हाल्दा न्यौपानेलाई उद्योग विभागको महानिर्देशक जस्तो जिम्मेवारी समेत दिएका थिए । बस्नेत निस्किए लगत्तै सचिवमा बढुवा भएका न्यौपानेले निर्वाचन आयोगहुँदै पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

सोमबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई गृहमा लैजाने निर्णय गर्दै अख्तियारमा प्रदेश नं. १ का प्रमुख सचिव सुरेश अधिकारीलाई ल्याउने निर्णय गरेको थियो । त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई जेष्ठताका आधारमा सचिवमा बढुवा गर्दै प्रदेश नं. १ को प्रमुख सचिवमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

सो पदमा जानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव सूर्य गौतमको दौडधूप थियो । निवर्तमान गृहसचिव प्रेम राईका विश्वासिला र उनी निकट सचिवलाई गृहमा ल्याउने चर्चासँगै न्यौपानेले बाजी मारेका हुन् ।

राईको भने सोमबार अबेर गृह मन्त्रालयले भव्य विदाई गरेको छ । बिदाई कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले राईलाई अल्कोहलिक प्रशासक होइन वर्कअलिक प्रशासक भन्दै लामै प्रसंसा गर्न भ्याएका थिए । उनले गृहसचिवबाट मात्रै बिदाई गरेको र उहाँलाई चाँडै नै नयाँ जिम्मेवारी दिने खुलासा गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार