free website hit counter

यस्तो छ धितोपत्र बोर्डको आगामी वर्षको लक्ष्य

beemaadmin
२०७७ श्रावण ५, सोमबार

काठमाडौं । आगामी आर्थिक वर्षका योजना सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डले पुँजी बजारसम्बन्धी ४० वटा काम गर्ने लक्ष्य सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यो वर्षको गरेका उपलब्धिको फेहरिस्तसहित आगामी वर्षको कार्ययोजना सार्वजनिक गरेको हो । भर्चुअल प्रणालीमार्फत् आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा चार उपशीर्षक अन्तर्गत यी कार्ययोजना समेटिएको बोडएका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । जसमा समग्र बजारको सुधार कानूनी संरचनामा सुधार, संस्थागत तथा नियमन क्षमता सबलीकरण, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणका विषय समावेश गरिएका छन् । धितोपत्र बोर्डले तय गरेका ४० काममध्ये बजारको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कायम गर्ने, दुई दिनभित्र कारोबार राफसाफ हुने (टी प्लस टू) कार्यान्वयनमा ल्याउने, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको स्वामित्व संरचना, नेप्सेको क्षमता विकासको लागि विदेशी साझेदार भित्र्याउने, ट्रष्ट ऐन, नेपाल धितोपत्र तथा नियमन बोर्ड ऐन, धितोपत्र कारोबारसम्बन्धी ऐन बनाउने, धितोपत्रको स्वतन्त्र मूल्य निर्धारण गर्ने बुकबिल्डिङ प्रक्रिया लागु गर्ने, बजारमा गैरआवासीय नेपालीलाई प्रवेश गराउने व्यवस्था गर्ने लगायतका कार्यक्रम छन् ।

सम्बन्धित समाचार