free website hit counter

यस्तो छ नेपाल इन्भेष्टमेन्टको कृषि कर्जा योजना

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौं । कृषिमा आधुनिकीकरण र युवा आकर्षण बढाउन नेपाल इन्भेष्टमेन्ट बैंकले एक वर्षका लागि वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने योजना अघि सारेको छ ।
बैंकले यसअघि समाजमा बचतको बानी सहज तुल्याउने उद्देश्यसहित ९.२५ प्रतिशत ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप सञ्चालनमा ल्याएको थियो ।
बैंकको ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याइएको यो निक्षेप योजना बढ्दो वित्तीय सचेतना बजारमा स्थापित हुँदै गईरहेको छ । यसबाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकले हरित पहल अभियान अन्तर्गत ग्रिन डबल फिक्स्ड डिपोजिट ल्याएको थियो ।
यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिनुका कारण यस योजनाले निक्षेपकर्ताहरूबीच लोकप्रियता कमाइ रहेको छ । थप, सो योजना अन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुन्छ ।
यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप इको–लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षकालागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको छ ।
यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यमा केन्द्रीत रहँदै एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा पनि ल्याएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार