free website hit counter

यस्तो छ नेपाल र चीनबीचको सम्झौता

beemaadmin
२०७६ आश्विन २६, आईतवार

काठमाडौं । निकै चासोको र सफलताको रुपमा लिइएको चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमण ऐतिहासिक उपलब्धी हात पार्दै सम्पन्न भएको छ । नेपाल र चीनबीच रहँदै आएको सम्बन्धलाई अझ उचाईमा पु¥याएको यो भ्रमणका बेला नेपाल र चीनबीच केही महत्वपूर्ण सम्झौताहरु भएका छन् ।

सहमति तथा सम्झौताको सूची

१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरुबीचको सम्झौता

२. शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी  नेपाल र जनगणतन्त्र चीनका सरकारहरु बीच एमओयू

३. अपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीचको सन्धि

४. नेपाल र चीनबीच सगरमाथा/झुमुलाङमा संरक्षण समन्वयबारे एमओयू

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरु प्रबर्द्धन गर्ने सम्बन्धी एमओयू

६. छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट

७. चीन-नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू

८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी-शहरको सम्वन्ध स्थापना गर्ने सम्वन्धी समझदारी

९. नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको सि’यन शहरबीच भगीनी-शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी

१०.नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्प्रागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्वन्धी एमओयू

११. नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आप्तकालीन प्रतिक्रिया सम्वन्धमा एमओयू

१२. नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुपि्रम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू

१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता

१४. नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरुको प्रोटोकल

१५. व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिजय र आपूर्ति मनत्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू

१६. नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र

१७ नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्यसमुहको स्थापना सम्वन्धी एमओयू

१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू

१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर

२०. नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगका महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार