free website hit counter

यस्तो थियो कतारमा मृत्युदण्ड पाएका अनिलको अन्तिम संवाद

beemaadmin
२०७७ जेष्ठ १०, शनिबार

काठमाण्डौ । कतारमा महोत्तरीको औराही–१, का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइयो । उनीमाथि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो। तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो ।
यस्तो थियो अन्तिम संवाद
वैशाख ४ गते बिहान साढे ६ बज्नै लाग्दा महोत्तरीका ओमप्रकाश चौधरीको मोबाइलमा घण्टी बज्यो । फोन कतारबाट आएको थियो । कतारबाट फोन गर्ने उनका भाञ्जा अनिल चौधरी थिए । फोन उठाउन साथ भाञ्जा अनिलले भने, ‘मामा आज कतारीको परिवार आउँदैछ, सायद मलाई आजै सुट गर्छ होला ।’
ओमप्रकाश बोल्न सकेनन् । अनिल भन्दै थिए, मैले केही गल्ती गरेको छैन, मलाई हत्यारा नठान्नु, मलाई आजै सुट गर्ने भएरै होला को कोसँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइरहेको छ । ओमप्रकाशले अनिलका बुवा–आमासँग पनि कुरा गराइदिए । बुवा आमासँग पनि अनिल भनिरहेका थिए, म हत्यारा होइन ।
परिवारलाई प्राप्त भएको कागजात अनुसार अनिलको त्यही दिन अप्रिल १६ तारिख बिहीबार कतारी समय अनुसार बिहानको ६ बजेर ३८ मिनेटमा गोली हानेर मृत्युदण्ड दिइयो । अनिलकी आमा गीतादेवी चौधरीलाई त छोरोलाई मृत्युदण्ड दिइएको कुरा पनि थाहा छैन । परिवार र आफन्तले उहाँलाई यस्तो दुःखद खबर सुनाउनसमेत सकेका छैनन् ।
परिवारका एक्ला छोरा अनिल चौधरी सन् २०१५ अगष्टमा लेबर भिसामा कतार गएका थिए । कार धुने कम्पनीमा थियो । एसएलसी पास गरेपछि पैसा कमाउने र सुखी जीवन बाँच्ने आशामा कनिल कतार हानिएका थिए । तर कहिल्यै फर्किन पाएनन् । अनिलले कतारमा १९ महिना काम गरे । यस अवधिमा साढे तीन लाख रुपैयाँ नेपाल पठाए । कतार गएको १९ महिनापछि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको आरोपमा २ अप्रिल २०१७ मा अनिल पक्राउ परे । अनिल नै हत्याको दोषी रहेको भन्दै कतारको तल्लो अदालतले २६ मार्च २०१८ मा सार्वजनिक स्थानमा गोली हानेर मृत्युदण्ड दिने फैसला गरेको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च करिब ६ लाख रुपैयाँ माग गरेको थियो । कानूनी प्रतिरक्षाका लागि दूतावासमा पठाइएको पेश्की रकमबाट मुद्दा लड्न आवश्यक खर्च गर्न वैदेशिक रोजगार बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासलाई पत्राचार गर्‍यो । तर कतारको सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई अनुमोदन गरेपछि जेल प्रशासनले अनिललाई मृत्युदण्डको फैसला कार्यान्वयन गर्‍यो। अनिललाई अप्रिल १६ मा सार्वजनिक स्थानमा गोली हानेर मृत्युदण्ड दिइयो ।अनिललाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार