free website hit counter

यस्तो बन्यो संवैधानिक इजलास

beemaadmin
२०७८ जेष्ठ २३, आईतवार

काठमाडौं । संवैधानिक इजलास गठनप्रति कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि प्रतिनिधिसभा विघटनबिरुद्धका मुद्दा हेर्न प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नुभएको छ । वरिष्ठताको आधारमा गठित इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा,डा।आनन्दमोहन भट्टराई रहनुभएको छ । यसअघिको इजलासमा रहनुभएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि मुद्दाका पक्षधर वकिलहरुले प्रश्न उठाएपछि उहाँहरु रहित बेन्च गठन भएको हो । बिश्वम्भर श्रेष्ठ कोभिड कन्ट्याक्ट ट्रेसिङमा क्वारिण्टिनमा रहनुभएकाले र हरिकृष्ण कार्कीले यसअघिको यस्तै इजलासमा नबस्ने घोषणा गर्नुभएकाले वरियताक्रमबाट खतिवडा र भट्टराईलाई राखिएको हो ।

सम्बन्धित समाचार