free website hit counter

यिनै हुन् लण्डनमा ४ सय ५० नेपालीको पसिना खाने व्यवसायी

beemaadmin
२०७८ असार २६, शनिबार

लण्डन । सुखद् भविष्यको खोजीमा विश्वभर नेपालीहरुले पसिना बगाएका छन् । कोही आर्थिक रुपले सम्पन्न भएका छन् भने कोही विदेशी भूमिमा नराम्रोसँग ठगिएका छन् त कोही अरबको मरुभूमिमा ज्यान गएर बाकसमा फर्किनु परेको तीतो यथार्थ हाम्रा सामु छर्लङ्गै छ । बेलायतमा बस्ने नेपाली समुदायलाई लक्षित गरेर ठगी धन्दा चलाउने लण्डनको एक कम्पनीका पूर्वप्रमुखलाई ५० मिलियन पाउण्ड (५ अर्ब २५ करोड रुपैयाँ) बराबरको ठगी मुद्दा चलाइएको छ । हत्या गरिएका फेशन टाइकुन एरिस्टोर कोन्स्टान्टिनुका छोरा एन्थोनी कोन्स्टान्टिनुलाई यो कहिनाको अन्त्यतिर हुने सुनुवाइसम्मको लागि हिरासतमा राख्न अनुमति दिइएको सिटी अफ लण्डन पुलिसलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ । ३९ वर्षका कोन्स्टान्टिनुको कम्पनीमा पुलिसले २०१५ मा छापा मारेको थियो । त्यतिबेला उनले क्यापिटल वर्ल्ड मार्केट्स (सीडब्लुएम) एफएक्स कम्पनी चलाउँथे जुन कम्पनी अहिले बन्द भइसकेको छ । यो कम्पनी मार्च २०१५ सम्म चेल्सी फुटबल क्लवको प्रायोजक पनि थियो जतिबेला सिटी अफ लण्डन पुलिसले कम्पनीको हेरोन टावर अफिसमा छापा मारेको थियो ।
सीडब्लुएमको फण्डले लगानीकर्ताहरुबाट करिब ५० मिलियन पाउण्ड आकर्षित गरेको थियो । ती लगानीकर्तालाई मासिक ५ प्रतिशत प्रतिफल दिने अफर गरिएको थियो । यसमध्ये लगानीकर्ताको कति पैसा असुली भयो भन्ने स्पष्ट छैन । पुलिसले २०१६ मा गोर्खाली सैनिकसहितका ४५० नेपालीले २ मिलियन पाउण्ड भन्दा धेरै गुमाएको बताएको थियो । ‘यो गोर्खाली र उनीहरुका साथी तथा परिवारमा जंगलको आगोजस्तै फैलिएको थियो’ सिटी अफ लण्डन पुलिसका एक अधिकारीले त्यतिबेला भनेका थिए ।

क्राउन प्रोसिक्युसन सर्भिसका अनुसार कोन्स्टान्टिनुलाई ७ वटा अभियोग लगाइएको छ । झुटो प्रतिनिधित्व गरेर ठगी गरेको एउटा अभियोगसहित ४ वटा मुद्रा अपचलनका मुद्दा लगाइएको छ । यसबाहेक अन्य २ अभियोगहरु कम्पनी ऐन र ठगी ऐन अन्तर्गत झुटो व्यापारका अभियोग छन् । कोन्सान्टिनु जुनमा वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए । अब यो महिना उनको सुनुवाइ साउथवार्क क्राउन कोर्टमा हुँदैछ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार