free website hit counter

यी हुन् आपतमा परेका २४ हजार नेपाली

beemaadmin
२०७७ जेष्ठ २६, सोमबार

काठमाडौं । मुलुक सम्पन्न थियो भने विदेशी भूमिमा मातृभूमि र सरकारको बाटो कुर्नु पर्ने थिएन । तर संकटको सामना गरिरहेका बेला विदेशमा रहेका सबैका सामु सरकार पुग्न सक्ने अवस्था पनि छैन । देशैभित्र रहेका संक्रमितले सरकार नभेटिरहेको बेला विदेशी भूमिमा के भेटिन्थ्यो सरकार ? सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सूची तय गरेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएका विवरणअनुसार भारत बाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा कम लाओसमा २ जना छन् भने सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना छन् । अमेरिका, बेलायत, क्यानडा र अष्टे«लिया जस्ता देशबाट नेपाली नागरिकलाई तत्कालै उद्दार गर्नुपर्ने भनेर सम्बन्धित नियोगले विवरण पठाएका छन् । यस्तै अमेरिकाबाट ६४६, अष्ट्रेलियाबाट १३००, बेलायतबाट ४९ र क्यानडाबाट ७८ जना उद्दार गर्नुपर्ने सूचीमा छन् । अधिकारीहरुकाअनुसार खान र बस्न समस्या परेका, रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई यो सूचीमा समावेश गरिएको छ । सम्बन्धित कम्पनीले टिकट काटेर पठाउने श्रमिक यसमा समावेश छैनन् । प्राथमिकताको आधारमा नेपाल ल्याउने प्रयोजनका लागि विदेशस्थित नियोगहरुबाट प्राप्त तत्काल उद्दार गरिनुपर्ने नेपाली नागरिकको विवरण सीसीएमसीमा पठाइएको परराष्ट्र स्रोतले जनाएको छ ।

कुन देशमा कति ?

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार