free website hit counter

यी हुन् स्वास्थ्य बीमा बोर्डका तीन प्रतिस्पर्धी

beemaadmin
२०७७ कार्तिक ३, सोमबार

काठमाडौं । खुल्ला प्रतिस्पर्धाबाट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। लोकसेवा आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भदौको अन्तिम साता लिएको लिखित मौखिक तथा अन्तरवार्ताबाट उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो। आयोगले डा दामोदर बसौला, डा कृष्णप्रसाद अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको बताइएको छ।

मन्त्रीपरिषद् बैठकले सिफासिस गरिएका तीन जनामध्येबाट एक जनालाई कार्यकारी निर्देशक पदमा छनौट गर्नेछ। यसअघि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न लोकसेवा आयोग अध्यक्षको सिफारिसमा तीन जनाको छनौट समिति बनाइएको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार