free website hit counter

युद्ध मैदानमै विवाह

beemaadmin
२०७८ फाल्गुन २३, सोमबार

एजेन्सी । युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । दिनहुँ रुसको बमबारीले युक्रेनको राजधानी किएभ भताभुङ्ग भएको छ । युक्रेनी सेना रुसको सेना विरुद्ध लडिरहेका छन् । तर, यहीबीचमा किएभ नजिकैको क्षेत्रमा क्षेत्रीय रक्षा बलका दुई सैनिकले विवाह गरेका हुन् । बम पड्केको आवाजकाबीच विवाह सम्पन्न भएको छ । सामान्यतया अरु बेला हुने विवाह उत्सवभन्दा विल्कुलै फरक अवस्था र परिस्थितिमा विवाह सम्पन्न भएको छ।
युद्धका कारण गर या मरको अवस्थामा उनीहरुले विवाहको निर्णय लिनुलाई आश्चर्य समेत मानिएको छ । लिसया फिलिमोनोभा र भलेरी फिलिमोनोभ वलेरीले सानो जमघटमा विवाह गरेका हुन् । यो विवाह उत्सवले उनीहरु र उनीहरुको साथीलाई केहीबेर भए पनि खुशी मिलेको खबरमा भनिएको छ । उनीहरुका साथीले अप्ठ्यारोकाबीच पनि बजागाजा बजाएर रौनक बढाएका थिए। सेनाका विवाह गर्ने जोडी नै रुस विरुद्ध युद्धमा छन् । उनीहरुले युनिफर्म लगाएर नै विवाह गरे । विवाहपछि नव दुलहा र दुलही फेरि पनि रुस विरुद्धको युद्धमा जुटेका छन् । ११ दिनसम्मको युद्धलै त्रासमा रहेका त्यहाँका नागरिकलाई विवाहको यो खबरले केही खुशी दिएको छ। यो अवसरमा युक्रेनको सशस्त्र सेनाका जवान र किएभका मेयर समेत उपस्थित रहेका बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार